काठमाडौँका अतिक्रमित जग्गा र मापदण्ड विपरितका संरचना सात दिनभित्र हटाउन निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
1.1k views

ललितपुर - ललितपुर । काठमाडौँका अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै सो कार्य सात दिनभित्र गर्न निर्देशन दिएका हुन्।

गत असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकले सो निर्णय गरेको थियो । सोही अनुसार सातदिनको समय भित्र सो कार्य गर्न गराउन आज सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत दिइएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube