२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौँमा ‘सगरमाथा संवाद’ सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २

काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले शुक्रबार काठमाडौँमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् ।

काठमाडौंमा भइरहेको विशेष समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता रहेको छ । यस समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेर समारोहको सुरुवात गरेकी छन् ।

यतिबेला समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । तीन दिनसम्म विशेष समारोहका बीच हुने यस कार्यक्रम आजबाट आइतबारसम्म सञ्चालन हुने छ । सगरमाथा संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया