२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौँमा सुरुभयो म्याङ्गो फेस्ट– २०२५

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १३

काठमाडौँ । काठमाडौँमा आजदेखि तीन दिनसम्म नेपाल म्याङ्गो फेस्ट– २०२५ मनाइँदै छ । आयोजकका अनुसार नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि यस किसिमको फेस्टिभल आयोजना गरिएको हो ।

नेपालको तराई क्षेत्रमा उत्पादित नेपाली स्वादका आँपको विविधता, मूल्य शृङ्खला प्रवर्धन गर्ने हेतुले म्याङ्गो फेस्टिभल गरिएको आयोजक काठमाडौँ अर्गानिक्सले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख आतिथ्यमा आयोजना भएको यस फेस्टिभल वालनट बिस्ट्रो, लाजिम्पाटमा औपचारिक रुपमा गरिँदैछ । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।

यसवर्षको यस म्याङ्गो फेस्टमा १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिनेछ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था गरिएको छ भने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया आँप किन्न पाइन्छ । यस्तै २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू समेत यस फेस्टिबलमा उपलब्ध छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया