काठमाडौंका थप तीन स्थानमा निषेधाज्ञा : राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
816 views

ललितपुर - ललितपुर । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका थप तीन स्थान कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा जारी भएका स्थानमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यसैबीच राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।
सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

 

 पात्रो/राशिफल  रेडियो YouTube