काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं २३ वैशाख २०८१।

काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको छ । गोठाटार फिडरअन्तर्गत जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकाले विद्युत् सेवा प्रभावित हुने भएको प्राधिकरणले जनाएको छ ।

आज फोर्स बसपार्कदेखि तेजबिनायक चोकसम्म विद्युत् सेवा प्रभावित हुने भएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया