|
|
२०८२ फाल्गुन १४
2.2k views
ललितपुर - ललितपुर – काठमाडौं को गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा ११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय पवन तामाङको मृत्यु भएको छ ।
मृतक पवन तामाङ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी हाइट निवासी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज, अत्तरखेलमा आज मृत्यु भएको हो ।
मिनीटाटा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिजनेस पाटी