२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौंको ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६

काठमाडौँ । काठमाडौँको ठमेलबाट हिजो (सोमबार) दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धानमा खटिएको प्रहरीको टोलीले काठमाडौंको ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।

उनीहरूको साथबाट प्रहरीले २ केजी सुन र २४ लाख नगद बरामद गरेको खुलेको छ । पक्राउ परेकामध्ये चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

उनीहरू प्रेमी प्रेमिका भएका खुलेको छ । पक्राउ परेका दुवै आरोपीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया