
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा काठमाडौंको अनामनगरमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडौं शाखाको आयोजनामा आइतबार आयोजना भएको उक्त वृहत स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा काठमाडौंको अनामनगर स्थिति सामाजिक विकास भवनमा भएको उक्त स्वास्थ्य शिविरमा वीर अस्पतालका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो ।
त्यसैगरी आँखाको परीक्षणका लागि तिलगंगा आँखा अस्पतालका विशेषज्ञहरुले आँखा जाँच गराएका थिए भने भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञहरुबाट महिलाहरुको पाठेघर र स्तन क्यान्सरमा स्क्रीनिङ टेष्ट गराएका थिए ।
यस्तै शिविरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच एवम् चिरायु डेन्ट केयरको तर्फबाट दन्त परीक्षण गर्ने व्यवस्था गरिएको थियो ।
विहान १० बजेदेखि सञ्चालन भएको उक्त शिविरमा स्वास्थ्य परीक्षण गराउने आउनेहरुको संख्या उल्लेख रह्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया