२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थको निरीक्षण अनुगमन शुरु

BusinessPati बिजनेस पाटी
|
२०८१ कार्तिक २६
|
306 views

काठमाण्डौ २६ कार्तिक २०८१

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोवाइल फुड ल्याव भ्यान संचालन गरी Rapid Response Team (RRT) मार्फत काठमाडौं प्रवेश विन्दुमा २५ गते देखि खाद्य पदार्थ निरीक्षण अनुगमन शुरु गरेको छ भने काठमाडौं उपत्यकाका अन्य प्रवेश विन्दुहरुमा समेत क्रमश मोवाइल फुड ल्याव भ्यान परिचालन गरी उपत्यका भित्रिने खाद्य पदार्थहरुको छड्के निरीक्षण तथा अनुगमन परिक्षण गरिनेछ। प्रथम पटक सो अनुगमन परिक्षण विहान ६ बजे देखि १० बजे सम्म गरेको छ ।

यसै सन्दर्भमा कार्तिक २५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको Rapid Response Team (RRT) टोलीले प्रहरी वृत, जगाती, भक्त्तपुरको सहयोगमा निरीक्षण अनुगमन टोलीबाट काठमाण्डौ उपत्यकाभित्र प्रवेश गरेका निम्न कच्चा दुध ढुवानी साधनहरुको निरीक्षण अनुगमन गरी दुधका नमुना सकंलन तथा परिक्षण गरेको छ।काठमाडौं भित्रिने दुधमा समस्या छ भन्ने गुनासोको आधारमा यो निरीक्षण अनुगमन कार्य शुरुवाट गरेको छ।

उक्त ढुवानी साधनबाट ल्याइएको दुधमा सोडा, चिनी, युरिया र स्ट्टार्च जस्ता बाह्य पदार्थहरुको परिक्षण गरेको छ। सो परिक्षण गर्दा कैफियत नपाईएको ब्यहोरा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रेस नोट जारी गरी सबैमा जानकारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया