|
|
२०८२ जेष्ठ २०
153 views
ललितपुर - ललितपुर । राजु पाण्डे परेपछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि उनलाई निलम्बन गरेका थिए ।
मङ्गलबार प्रमुख प्रशासकीय अधिकृतले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई दिइएको छ ।

बिजनेस पाटी