कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्नेबारे आयोगले थाल्यो तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६
|
510 views

ललितपुर - ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान तथा राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहमा १३ वटा रिक्त वडाध्यक्षको पदमा निर्वाचन गर्ने सन्दर्भमा आज निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

      प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा अर्को साता आयोगले मिति तोक्ने तयारी गरेको छ ।

       

       पात्रो/राशिफल  रेडियो YouTube