
ललितपुर। कान्तिलोकपथ (काठमाडौं–हेटौंडा सडक) चार दिनका लागि पूर्ण रुपमा बन्द हुने भएको छ । बेलिब्रिजको जडान कार्य तीव्र रुपमा सम्पन्न गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।
उक्त लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न चार दिनको समय लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म उक्त सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।
यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।
बेलिब्रिज जडान कार्य सम्पन्न हुनासाथ पुनः सडक सञ्चालन हुने जानकारी समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचित गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया