काभ्रेमा टिपर दुुर्घटना, चालकको घटनास्थलमै मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८
|
255 views

ललितपुर - काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी टिपर चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

यसअघि गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको पनि च्यापिएर मृत्यु भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube