२०८२ भाद्र १८ | Sep 03, 2025

कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५
|
51 views

काठमाडौं । शुक्रबारदेखि गर्भनर विहीन नेपाल राष्ट्र बैंकले आजबाट कामु गर्भनर पाएको छ । सोमबारबाट अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

आफ्नो पाँच वर्षे कार्यकाल सकिएपछि महाप्रसाद अधिकारीे शुक्रबारबाट औपचारिक रुपमा विदा भएका हुन् । २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका थिए।

नयाँ गर्भनर नियुक्तिका लागि आज ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । उक्त बैठकले गभर्नर नियुक्ती गर्ने सम्भावना उच्च रहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement