२०८२ बैशाख ३०

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको कारले बालकलाई ठक्कर दिएको थियो ।
बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले खोरभञ्ज्याङमा अन्दाजी १० वर्षीय बालक मन्देश सदालाई ठक्कर दिएको थियो । घटनापछि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको हो । घटनापछि प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया