
ललितपुर । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहले पाएका छन् । यो जिम्मेवारी उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सुम्पिएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आइतबार मध्यरातमा त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया