२०८२ आश्विन १६ | Oct 02, 2025

कार्यसूचीमा नै प्रवेश नगरी प्रतिनिधिसभा बैठक भोलि तीन बजेसम्मका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८
|
51 views

ललितपुर । विपक्षीले अवरोध गरेपछि कार्यसूचीमा नै प्रवेश नगरी प्रतिनिधिसभा बैठक भोलि तीन बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षीदलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका छन् ।
आजको बैठकमा प्रतिपक्षीहरूले मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया