२०८२ भाद्र ६ | Aug 22, 2025

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १७

दमौली (तनहुँ) यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ । विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया