कालोसूचीमा परे यी २३ कम्पनी

काठमाडौँ १४ चैत २०८०।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुन अनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ ।
कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया