२०८२ फाल्गुन ६ | Feb 18, 2026

कुमारी बैंकको नाफा २ अर्ब नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २२
|
255 views

ललितपुर । गत आर्थिक वर्षमा कुमारी बैंक लिमिटेडले उल्लेख्य नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब एघार करोड नाफा कमाएको हो।

हालै बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा बैंकले चारसय गुणा बढी नाफा आर्जन गरेको देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकले ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१मा प्रावधान रकम ६ खर्ब देखाएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा भने २ अर्ब मात्र देखिएकोले नाफामा उल्लेख्य वृद्धि देखिएको हो। उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ।

हाल बैंकको प्रतिशेयर आम्दानी बढेर आठ रुपैयाँ ०६ पैसा पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ऋणात्मक छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया