|
|
२०८२ बैशाख ५
357 views
ललितपुर - काठमाडौं । कुमारी बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूका लागि १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको अवधिभित्र बैंकका संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा जारी गरिने जनाएको छ। शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

बिजनेस पाटी