कुलमानको चेतावनी : विद्युत बक्यौता रकम १५ दिनभित्र नतिरे पुन: लाइन काट्छौँ

काठमाण्डौ २८ कार्तिक २०८१-

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को बक्यौता रकम नतिरे पुन लाइन काट्ने चेतावनी दिएका छन् ।

बुधवार प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन काट्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया