ललितपुर - ललितपुर । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उनले बुधबार राती प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएर घिसिङले पत्रकार सम्मेलन मार्फत् आफू सरकारबाछ बाहिरिएको जानकारी गराएका थिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृतवको नागरिक सरकारमा घिसिङलाई भदौ ३० गते मन्त्री नियुक्त गरिएको थियो । उनले ११५ दिनपछि राजनीनामा दिएका छन् ।
यसअघि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपाको उपाध्यक्ष बनिसकेको समाचारहरू बाहिर आए पनि उनले पत्रकार सम्मेलन मार्फत् आफू कुनै दलको सदस्य नभएको दावी गर्दै गरेका छन् ।
तर घिसिङले रास्वपाबाट काठमाडौं ३ बाट उम्मेदवारी दिने तयारी गरिरहेको एक स्रोतले बताएको छ । यसअघि पनि मन्त्री घिसिङले निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने बताउँदै आएका थिए । तर, रास्वपासंग पार्टी एकिकरण गरिसके पनि भागवण्डा कुरा मिलिसकेको भने छैन । कुलमान निकटका नेताहरू सम्मानजनक एकता नभए रास्वपा छोडेर पूर्व सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठित उज्यालो नेपाल पार्टीबाट राजनीति गर्न सक्ने दावी गर्दै आएका छन् ।
उनले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मन्त्रीको रुपमा रहेर आफूलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सुम्पेकोमा प्रधामन्त्री सुशीला कार्कीलाई धन्यवाद समेत दिए ।


बिजनेस पाटी