
ललितपुर। निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा त्रुटि भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको थपिने भएको छ । उक्त विषयमा छानबिन गर्न गठिन संसदीय विशेष समितिको म्याद ७ दिन थपिने भएको हो ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसअघि संसदीय विशेष समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समयसीमा दिइएको थियो । त्यो समय आगामी आइतबार अर्थात् साउन ११ गते सकिँदैछ । तर उक्त समितिले थप समय माग गरेकाले पुनः ७ दिन म्याद थप गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।
उक्त समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् भने नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया