केपी शर्मा ओलीको स्थान हद फुकुवा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २१
|
1.8k views

ललितपुर - ललितपुर । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।

गत भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको पौष २१ गते सोमबार बसेको बैठकले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो।

यसअघि उनलाई असोज १२ गते विदेश जान र अनुमतिबिना काठमाडौं उपत्यका छाड्न रोक लगाइएको थियो। आज आयोगले एक विज्ञप्ति जारी गर्दै ओलीसँग आइतबार सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकोले स्थान हद समेत फुकुवा गरेको उल्लेख गरेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा स्थान हदको फुकुवाबारे ओलीलाई जानकारी दिने उल्लेख छ।

 पात्रो/राशिफल  रेडियो YouTube