२०८२ भाद्र ६ | Aug 22, 2025

कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजारका सम्पूर्ण सेवा ठप्प

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ४

धनगढी । कैलाली जिल्ला कारागारमा थुनामा रहेका कैदीबन्दीको मृत्यु भएपछि मंगलबार विहानैदेखि डडेलधुरा बजारका सम्पूर्ण सेवा बन्द भएका छन् । कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएपछि डडेलधुरा बजारमा एकाएक तनाव उत्पन्न भएको छ। बजारका स्थानीयले मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजारका सम्पूर्ण सेवा बन्द गरेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

कैलालीको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पालीको सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो । कैलाली कारागारमा थुनामा रहेका पाली बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका व्यक्ति हुन् । कारागारभित्रै उनको स्वास्थ्यमा सोमबार विहानैदेखि एकाएक समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएपछि एकाएक तनाव उत्पन्न भएको थियो ।

स्थानीय प्रहरीका अनुसार विरामी बन्दी पालीलाई सोमबार बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । मृतक पालीको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जानकारी दिएको छ ।

कारागार जीवन बिताइरहेका पालीको एकाएक मृत्युको खबर आएपछि मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दैै मंगलबार विहानैदेखि डडेलधुरा बजारमा यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ। उद्योग वाणिज्य संघ डडेलधुराको अगुवाइमा स्थानीयले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै सडक आन्दोलन गरिरहेका छन् ।

डडेलधुराको उद्योग वाणिज्य संघले पालीको मृत्यु शंकास्पद भएको भन्दै भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। निष्यक्ष छानवीन र पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताउँदै संघले दोषीमाथि कडा कारबाहीको माग राखेको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया