(कोभिड–१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस

बिजनेस पाटी बिजनेस पाटी
|
२०७८ बैशाख ७
|
2k views

ललितपुर - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो