२०८२ भाद्र ६ | Aug 22, 2025

कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा  पहिलो पटक एकजनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०

ललितपुर । कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा  पहिलो पटक एकजनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको  विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

 

सोमबार अस्पतालमा भर्ना भएकी उनको आज उपचारकै क्रममा मृत्यु भएको थियो ।

मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया