२०८२ भाद्र ६ | Aug 22, 2025

क्रिप्टोकरेन्सीमा साइबर आक्रमण गरेर ४४ करोड डलर चोरी

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५

क्रिप्टोकरेन्सीको इतिहासमै सबैभन्दा ठूलो ठगी भएको छ । तर, यो ठगी कसले गर्यो भन्नेबारेमा तीन दिनसम्म पनि पत्ता लाग्न सकेको छैन ।

संचारमाध्यमहरुका अनुसार भारतीय समय अनुसार गत शनिबार विहान ४ बजे भारतको क्रिप्टो करेन्सी एजेन्सी CoinDCX मा साइबर हमला गरेर ४४ करोड डलर बराबरको भारतीय रुपैयाँ ३ अर्ब ७८ करोड चोरी गरिएको हो ।

शनिबार जुलाई १९ मा भएको साइबर ठगीको बारेमा CoinDCX का सहसंस्थापक नीरज खण्डेलवालले आइतबार दिउँसो सामाजिक संजालमार्फत सार्वजनिक जानकारी दिएपछि विश्वभर खैलाबैला मच्चिएको छ । खण्डेलवालाले CoinDCX को खाता हयाक गरि उक्त रकम बराबरको क्रिप्टो करेन्सी चोरी भएको र चोर पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । साथै उनले उक्त चोरीबाट पीडित भएकाहरुलाई क्षतिपूर्ती दिनको लागि प्रयास गरिने बताइएका छन् । उनका अनुसार यो चोरीबाट केवल भारतीय नागरिकहरु मात्र होइन, विश्वभरकै क्रिप्टो कारोबारीहरु पीडित भएको खण्डेलवालको भनाइ छ ।

साथै ‘सिस्टम ह्याक’ गरेर यति ठूलो मात्रामा चोरी भएको यो पहिलो घटना भएको बताइएको छ । उक्त घटनापछि पनि क्रिप्टोको कारोबार भने नियमितरुपमा भइरहेको बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया