क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
काठमाण्डौ २७ कार्तिक २०८१- लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।
बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउदछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया