२०८२ भाद्र ६ | Aug 22, 2025

क्षेत्रीय संगठन मजबुत बनाउन नयाँ रणनीतिको आवश्यकता : नेता निधि

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २६

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र विनिधले क्षेत्रीय संगठन मजबुत बनाउन नयाँ रणनीतिको अपनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले आफ्नो पार्टीको सङ्गठनलाई अझ मजबुत बनाउन सबैले त्यसतर्फ अझ बढी ध्यान दिन आवश्यकता भएको औँल्याउनुभएको हो ।
मंगलबार जनकपुरस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा बोल्दै नेता निधिले आगामी कार्ययोजना र पार्टीको क्षेत्रीय सङ्गठन विस्तार र मजबु्त बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिनुभयो । आजको बैठकमा बोल्दै नेता निधिले नेपाली कांग्रेसको सफलताका लागि पार्टीभित्र स्थानीय स्तरबाटै सुधार ल्याउन र नीतिगत संरचनामा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताउनुभयो ।

“नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भन्नुभयो ।

यसैबीच, बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेकोे बताउनुभयो । उहाँले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गर्नुभयो ।

आजको बैठकमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री, पूर्वमन्त्री र मधेस प्रदेशसभा सदस्य, कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक, जिल्ला अध्यक्ष, जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति एवं नगरप्रमुख र उपप्रमुख लगायत जिल्ला तथा नगरका अन्य व्यक्तित्वहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया