खबरदार ! मोदी सरकार

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ११
|
7.9k views

ललितपुर - ऋतु आसीक

मोदी सरकार !
खबरदार लुटेरा मोदी सरकार !
चुच्चे नक्सा मेरो मुलुकको विरासत हो ।
बेजिङ्गमा तिम्रो कट्टु ओलीले खोलेका छन् ।
विश्वका देशहरूको ऐतिहासिक सम्मेलनमा
ओलीले तिम्रो चारपाटा मुडेकै हो ।
अहमताले भरिएको तिम्रो घमण्ड
ठूलो राष्ट्रको शान सौकत
ओलीले संसारभरि तिम्रो नकाव उतारेकै हो
मोदी सरकार !
तिम्रो दादागिरी विरुद्ध
लिम्पियाधुरा, लिपुलेक, कालापानी
हाम्रो पुर्खा वैभव हो ।
हाम्रो राष्ट्रको पहिचान हो ।
दक्षिणी सिमानामा लाखौँको तादातमा–
नेपाली नागरिकता यसबेला
युद्धस्तरमा बाँडिदै छ ।
देशप्रति घात÷प्रतिघात गरिदै छ ।
मोदीद्वारा सुशीलाद्वारा संयोजन
दक्षिणी सिमानामा
माइलका माइल भारतीयहरूलाई
किन नागरिकता बाँडिदै छन् ?
सुशीला प्रधानमन्त्री जवाफ दिनु पर्दैन ?

    मोदी सरकार !
    भाडामा उठाएका जेन्जीहरू
    ती सबै भारतीयहरूलाई
    भारतीय सैनिकहरूलाई
    जेन्जीको भेष धारण गराएर
    मेरो देशको वैभवपूर्ण धरोहर
    सिंहदरबार
    राष्ट्रबैंक
    ऐतिहासिक धरोहर
    मेरो देशको पैतृक धरोहर
    मेरो मुलुकको ऐश्वर्यता
    तिमीलाई देख्न नसकिने भएछ ।
    तिम्रा पाल्तु बालेनहरू
    हाम्रो ऐश्वर्य, हाम्रो वैभवता जलिरहदा
    ऊ निदाइरहेको थियो ।
    बालेनहरू ! देशप्रतिको गद्दारी
    तिमी पचाउन सक्तैनौँ
    यो जीवन्तता ख्याल गर
    मेरो देशको वैभवता जलिरहदा
    दमकल किन प्रयोग भएन ?
    तिमीप्रतिको विश्वासको धरोहर
    यसबेला ढलेको छ ।
    हामीले आफूसँगै गोमनहरू पालेका रहेछौँ ।
    हामी महसुस गरिरहेका छौँ ।
    ती हाम्रा वैभवताले भरिएको राष्ट्रियता
    तिमीले आगोको खेती गरेर
    मेरो देशमाथि मृत्युका कामहरू पस्किदै थियौँ ।
    मेरो देशलाई धुलोपिठो बनाउँदै थियौँ ।
    तिम्रो यो घृणित खेलको
    मनैदेखि घृणा गर्दछु ।

      हाम्रा आत्मीय भारतीयहरू
      दुःख सुखका हामीहरू
      तिम्रै देशबाट भनिदै छ
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      नेपालको वैभवशाली भूमि हो
      छिमेकी मित्रप्रति घात किन गरिरहेका छौँ ?
      मोदीको यो हरकत विरुद्ध
      हामी छिमेकीको पक्षमा उभिएका छौँ ।
      छिमेकीप्रति गद्दारी गर्दै
      देशलाई किन घात गरिरहेका छौँ ?
      देशभरि आवाज उठिरहेको छ ।
      लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीहरूको हो
      यो ऐतिहासिक विरासत गर्भको हो ।

      मोदी सरकार !
      अन्तर्राष्ट्रिय जमघट बेजिङ्गमा
      ओलीले स्पष्ट भनेका छन् ।
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रो पुख्र्यौली विरासत हो ।
      हाम्रो भूमिमा चीनसँगको गलाजोड
      मेरो देशलाई मन पर्दैन
      ओलीले स्पष्ट भनेका छन्
      बेजिङ्गको त्यो विशाल जमघटमा
      ओलीले मोदीको कट्टु खोलिदिएका छन् ।
      मेरो देशमाथि तिम्रो दमन
      विश्व जमघटमा
      मोदी तिम्रो छिमेकी अर्घेल्याई
      मेरो देशको प्रधानमन्त्रीले
      छलाछुल्ल पारेका थिए ।

      ओली ! तिम्रो हिसाब किताब गरौला
      आज तिमीले बेजिङ्गमा बोल्यौ
      मेरो देश बोल्यो
      मेरो देशको प्रधानमन्त्री
      हामी तिम्रो साथ छौँ ।
      तिमीले मोदी सरकारलाई
      विश्व रङ्गमञ्चमा नङ्ग्याई दियौ ।
      मेरो देशको प्रधानमन्त्री ओली !
      म तिमीप्रति गर्व गर्छु ।
      हाम्रो वैभव विरासत
      सिंहदरबार
      राष्ट्रबैंक
      सर्वोच्च अदालत
      संसद भवन
      राष्ट्रपति निवास
      अख्तियार अनुसन्धान
      हाम्रा यी सबै सम्पत्तिहरू
      तिमी आदेशमा
      तिम्रो घृणित हरकतमा जलेका छन् ।
      महाकाली, लिपुलेक, कालापानी माथि
      तिम्रो गिद्दे दृष्टिका विरुद्ध
      हामी देशभरि नै भन्छौँ
      तिम्रा सैनिकहरू
      विद्यार्थी भेषमा
      २०० को तादातमा हुलेका थियौँ ।
      तिम्रो स्वार्थका चाकाचुलीमा
      सुशीलालाई प्रधानमन्त्री घोषित गरेका छौ ।
      मेरो देशको प्रधानमन्त्री
      हामीले बनाउने हो
      तिम्रो घृणित हरकत सहिदैन ।
      मुलुकभरिका देशभक्त नेपालीहरू
      राष्ट्रिय झण्डा बोकेर
      चुच्चे नक्साको कलेवरमा
      हामी फेरि उठ्ने छौँ ।
      हामी फेरि हाम्रो देशको स्वतन्त्रता
      राष्ट्र झण्डा फरफराउँदै
      हामी हाम्रो देशको स्वतन्त्रता पुर्नवहाली गर्नेछौँ ।

      यो देश
      हाम्रो पुर्खाको विरासत हुँदै उठेको देश हो ।
      मेरो देश फेरि पनि उठ्ने छ
      तिमीले खरानी बनाएको भूमिबाट
      फेरि पनि उठ्ने छ ।
      मेरो देशको वैभवता
      ऐतिहासिक धरोहर सिंहदरबार
      ऐतिहासिक विरासतहरू फेरि पनि उठ्ने छन् ।
      हामी निर्माण गर्ने छौ ।
      देशलाई उठाउँदै,
      लिम्पियाधुरा, लिपुलेक, कालापानी
      हाम्रो वैभवता
      राष्ट्रसंघ गुहार्ने छौँ ।
      हामी फेरि उठ्ने छौँ ।
      हो ! हाम्रो देश फेरि पनि उठ्ने छौँ ।

       पात्रो/राशिफल  रेडियो YouTube