२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘खल्ती बाइआईएमई’मा माइग्रेट हुने प्रकृया मध्यको अन्तिम चरणको तयारी पुरा हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २१
|
2.4k views


ललितपुर । गत साउनमा आईएमई पे र खल्ती वालेट मर्ज भएर बनेको देशकै सबैभन्दा ठूलो डिजिटल वालेट ‘खल्ती बाइ आईएमई’ले एकीकृत कारोबार सुरु गरेको दुई महिनामा साविकका १ करोड २७ लाख सेवाग्राहीले निरन्तर सेवा लिई रहेका छन् भने सेवाग्राही बढदो क्रममा रहेको आईएमई खल्ती लिमिटेडले जानकारी दिएको छ ।


साबिक आईएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सहज सुविधा उपलब्ध छ । आइएमई खल्ती एपको माइग्रेट हुने प्रकृया मध्यको अन्तिम चरणको तयारी पनि सकिन लागेको कम्पनीले जानकारी दिएको छ । यदि कोहि यसका प्रयोगकर्ताहरु माइग्रेट हुन बाँकी रहेको भए एपमा भएको निर्देशन अनुसारको प्रकृया पुरा गरी सहजै माइग्रेट हुन सकिने कम्पनीले जनाएको छ ।


माइग्रेट हुनका लागि यदि कसैलाई कुनै प्रकारको प्राबिधिक सहयोग चाहिने भएमा सञ्चारका जुनसुकै माध्यमहरु प्रयोग गरि ‘खल्ती बाइ आईएमई’को ग्राहक सेवा केन्द्र बाट जुनसुकै बेला पनि सहयोग लिन सकिने जानकारी कम्पनीले दिएको छ ।

आईएमईपेको प्रयोगकर्ताहरूले खल्ती एपको लगइन स्क्रिनमा रहेको “Connect with IMEPay” बटनमा क्लिक गरेर आफ्नो माइग्रेशन प्रक्रिया सुरु गर्न सक्नेछन् । आईएमईपेमा रहेको सबै KYC विवरणहरू खल्तीमा स्वचालित रूपमा माइग्रेट हुने सुविधा भएकाले यो प्रक्रिया निकै सजिलो भएको प्रतिक्रिया ग्राहकहरूबाट प्राप्त भइसकेको छ। अहिलेसम्म करिब ८०% सक्रिय ग्राहकहरू माइग्रेट भइसकेको जानकारी कम्पनीबाट प्राप्त भएको छ। डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू अघि बढाइने जानकारी पनि कम्पनीले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया