२०८२ फाल्गुन ६ | Feb 18, 2026

खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
561 views

ललितपुर । खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ ।

मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन् ।

सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिएका छन् ।

नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मुल उदेश्य रहेको मन्त्री यादवले बताए।

उनले भने, “तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै, शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको सङ्कलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हाम्रो लक्ष्य विसं २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो ।”

मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्‍याउन सचेत गराउनु हुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।

सचिव ई बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया