२०८२ भाद्र ६ | Aug 22, 2025

खुकुरी प्रहार गरी सिरहामा भाइले मारे आफ्नै दाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ९

सिरहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइले खुकुरी प्रहार गरेर दाइको हत्या गरेका छन् ।

२५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया