|
|
२०८२ आश्विन ३०
3.6k views
ललितपुर । ख्यातिप्राप्त लोक गायक तथा सञ्चारकर्मी कमल बिके निर्मोही गम्भीर बिरामी परेका छन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडेको छ । दाङमा जन्मिएका गायक निर्मोही रेडियो नेपालका पूर्व जागिरे पनि हुन् ।
उनले थुप्रै लोक तथा दोहोरी गीत गाएका छन् । हाल बाँकेको नेपालगञ्जका स्थायी बासिन्दा निर्मोहीका बबैमा उर्लँदै आयो मिल्न खोली गुहार , मनको माझ तिमि छौ, लाग्यो माया मोहनी नजरमा लगायतका गीत लोकप्रिय छन् ।
अहिले डायलायसिस गराई रहेका निर्मोहीका बारे बाँकेका वरिष्ठ पत्रकार सिराज खानले बिरामी परेको भिडियो पोष्ट गर्दै मिर्गौला प्रत्यारोपणका लागि सबै मिलेर सहयोग गर्न अपिल गरेका छन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया