गजल – कुरा बटार्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २८
|
3.8k views

ललितपुर - कपिल किशोर घिमिरे

कुरा  बटार्ने  हजार हुन्छन्
कुपात्रका नै प्रचार  हुन्छन्

    कपुत गएथ्यो स्वदेश छोडी
    त्यही सुराकी  तयार हुन्छन्

      हुँ  बाघ  भन्ने  छ एक जाली
      कुरा त उसका अपार हुन्छन्

      कुचाल चल्छन् खराबमात्रै
      असलहरू सब उदार हुन्छन्

      छली  निकै छन् सदैव गर्ने
      सुधाहरू नै सिकार हुन्छन्

       पात्रो/राशिफल  रेडियो YouTube