२०८२ भाद्र ७ | Aug 23, 2025

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १०

ललितपुर । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिवार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।
गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिने छ ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया