२०८२ भाद्र ७ | Aug 23, 2025

गण्डकी प्रदेशले ल्याएको बजेटमा सांसदहरू रुष्ट, मन्त्रीले नै च्याते बजेट किताब

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९

पोखरा । आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै कतिपय सांसदहरू रुष्ट देखिएका छन् । बजेटले सबै पक्षलाई समेट्न नसेको र आफ्नो जिल्लामाथि अन्यया भएको भन्दै नेकपा माओवादीका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब नै च्यातिदिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका जुग्जालीले रोष्ट्रमबाटै बजेट किताब पुस्तक च्यातिदिएका छन् ।

उनले भने, अर्थमन्त्री र भौतिक मन्त्रीलाई ‘म्याग्दी जिल्लाकोको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । उहाँहरुलाई म म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु ।’ उनले थपे, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड रुपैयाँ भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’

माओवादीका प्रदेशसभा सदस्य जुग्जालीले सोमबार बसेको प्रदेशसभा बैठकमा यो बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर किताब च्यातेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस छ । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले भने ।
उनले दुई वर्षसम्म म्याग्दीलाई अन्याय भएको बताउँदै रोष्ट्रमबाटै गण्डकीको बजेट पुस्तक च्यातेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया