२०८२ आश्विन १६ | Oct 02, 2025

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ११
|
153 views

काठमाडौं १० असार,२०८१  -यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त हुनुभएको छ भने यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समितिमा अशोक सुवेदी (कम्पनी सचिव), महेश प्रसाद काफ्ले (स्वतन्त्र सञ्चालक), दिपक पाण्डेय (अध्यक्ष), संजू प्रसाद जैसवाल (सञ्चालक), माधव प्रसाद उपाध्याय (निवर्तमान सञ्चालक), नैना नेपाल ढकाल (स्वतन्त्र सञ्चालक), अनिल रेग्मी (सञ्चालक), निर्मल भट्टराई (प्रमुख कार्यकारी अधिकृत)रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया