गरिमा क्यापिटल लिमिटेडद्वारा “बम्पर दशै तिहार अफर” संचालनमा

कामाडौं  ३ असोज २०८१-“हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशंै तिहार अफर” आयोजना गरेको छ । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच ९क्mबचतधबतअज० जित्न सक्नुहुनेछ । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गतhttps://ckyc.cdsc.com.np/login लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१–४५२९१४९/५०, ५९७०१७५ मा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु Facebook, Instagram   मार्फत जानकारी लिन पनि सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया