गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

कामाडौं  १ असोज २०८१-गरिमा विकास बैंक लिमिटेडको भाद्र ३१ गते सम्पन्न सञ्चालक समितिको बैठक नंं. ३१२ को निर्णयानुसार यस विकास बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी मिति २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेकोछ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहनुभएका अनिल रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया