२०८२ भाद्र १८ | Sep 03, 2025

गर्भनर पौडेलद्वारा हस्ताक्षरित नयाँ नोट छापिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२
|
51 views

ललितपुर। नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले हस्ताक्षर गरेको नोट प्रकाशन हुने भएको छ । सरकारले पौडेलको हस्ताक्षरवाला १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । एक हजार दरको नोट छपाई गर्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement