२०८२ आश्विन १६ | Oct 02, 2025

गाईजात्रा महोत्सव २०८२’ सुरु (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २५
|
1.1k views


ललितपुर । सांस्कृतिक संस्थानल राष्ट्रिय नाचघरमा शनिबारदेखि ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरेको छ । आगामी ३१ गतेसम्म चल्ने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिवार उदघाटन गरेका हुन ।
उदघाटन मन्तब्य दिदै मन्त्री पाण्डेले गाईजात्रा पर्वको आफ्नै महत्व र मैमा भएको बताए । महोत्सवमा १४ जना हास्य कलाकारले प्रस्तुति दिई रहेका छन् ।


सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे कलाकारहरु सुरेन्द्र केसीले ‘मुला साग’, शिवशङ्कर रिजाल ‘जोगिन्दर’ हिमेश पन्त, सुजिता श्रेष्ठ ,विकास अर्याल , सरोज भण्डारी, भरतमणि पौड्ेल ,सुमन कोइराला ‘दलेदाई ’ , सन्तोष थापा, कैलाश कार्की, दिनेश काफ्ले ‘हाउडे दाइ ’ र खडगबहादुर पुन ‘खबपु’ले आफ्नो प्रस्तुति दिई रहेका छन् । कार्यक्रममा सांकृतिक संस्थानका तर्फबाट पनि विभिन्न कलाकारको प्रस्तुति रहेको छ ।


कार्यक्रमको संचालकमा हास्य कलाकार राजा राजेन्द्र पोख्र्रेल छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया