२०८२ आश्विन १६ | Oct 02, 2025

गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव पार्यो : साउदी अरब

BusinessPati बिजनेस पाटी
|
२०८१ बैशाख १६
|
612 views

एजेन्सी १६ बैशाख २०८१

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को दुई दिने विशेष बैठकको पहिलो प्यानल छलफलमा साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले गाजा युद्धसँगै युक्रेन र अन्य स्थानमा भएको द्वन्द्वले आर्थिक ’मुड’मा ‘ठूलो दबाब’ सिर्जना गरेको बताउनुभएको छ ।

जदानले भन्नुभयो, “देशमा शान्ति कायम हुनु र जनतामा आशाको विकाश हुनु आवश्यक छ । हाम्रो प्रयास अरब क्षेत्रसहित विश्व समुदायमा तनाव कम गरी नागरिकहरूलाई आशाको सुनिश्चितता गराउनुमा रहनुपर्छ ।”

उहाँले पछिल्लो समय अरब क्षेत्रमा देखिएको राजनीतिक अस्थिरतासँगै फैलिएको निराशाले अरब समुदायलाई चोट परेको बताउँदै अरब क्षेत्रका नेताहरूलाई यहाँको क्षेत्रिय शान्ति र सद्धभावका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा स्थिरता को खाँचो छ ।”

गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले दक्षिणी इजरायलमाथि गरेको अकल्पनीय आक्रमणपछि गाजामा इजरायलद्वारा युद्ध सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया