२०८२ भाद्र ८

ललितपुर । गायक तथा सङ्गीतकार चेतन राईले ‘हाँसिदेउन’ बोलको म्युजिक भिडियो केही दिनमा सार्वजनिक गर्ने भएका छन् ।
उक्त म्युजिक भिडियोको छायाङ्कन शनिवार गरिएको हो । म्युजिक भिडियोमा सुजन सुवेदी, ज्योति खड्काको अभिनय रहेको छ ।
गायक तथा सङ्गीतकार राई आफैले निर्देशन गरेको भिडियोलाई सविन तिमल्सिनाले खिचेका हुन् ।
गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन । सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया