२०८२ फाल्गुन ६ | Feb 18, 2026

गायन रियालिटी शो गाउँछ गीत २०८२ को प्रोमो सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १४
|
4k views

ललितपुर । गायन रियालिटी शो गाउँछ गीत २०८२ को प्रोमो सार्वजनिक गरिएको छ । आइतवार आयोजकले प्रोमो सार्वजनिक गरेको हो । प्रतिभाको खोजी, मौलिकताको सम्मान गाउँछ गीत को साङ्‌गीतिक अभियान नारा सहित गायन रियालिटी शो गाउँछ गीत २०८२ को शनिवार घोषणा गरिएको थियो । २५ लाख पुरस्कारको राशिको यो शो आगामी पुस बाट छाँयाकन हुने र माघ दोस्रो साताबाट प्राइम टेलिभिजनबाट प्रसारणमा आउने शो का निर्देशक अर्जुन पोखरेलले जानकारी दिएका छन् । कार्यक्रमको मिडिया पार्टनर बिजनेसपाटी मिडिया प्रालि रहेको छ ।

https://www.facebook.com/reel/1398345398635204


प्रतियोगिताको निर्णायकहरूमा विश्व भारती विश्वविद्यालय, शान्ति निकेतनमा दीक्षित शास्त्रीय तथा सुगम सङ्‌गीतको वरिष्ठ गायिका संगीतिज्ञ सङ्गीता राना प्रधान, सङ्‌गीत मै विद्यावारिधि गर्दै गरेका सफल गायक तथा सङ्‌गीतकार थानेश्वर गौतम र आधुनिक देखि पार्श्व गायनमा लोकप्रियता कमाएकी गायिका साहिमा श्रेष्ठ रहेका छन् । । यस गायन प्रतियोगितालाई उद्घोषक द्वय स्टान्डअप कमेडियन सीता न्यौपाने र अनुप भण्डारीले सञ्चालन गर्ने छन् ।


रोजी शर्माको परिकल्पनामा एच एस साइना कृयसनको निर्माणमा हुने प्रतियोगिता नेपाल भित्र अथवा नेपाल बाहिर छरिएर रहेका प्रतिभाहरूलाई एउटै मञ्चमा समेटेर उनीहरूको गायन क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ प्रारम्भ गरिएको आयोजकको भनाई छ । यो कार्यक्रमले सङ्गीतको मौलिकता, विविधता र सांस्कृतिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा स‌ङ्गीत प्रति उत्साह र प्रेरणा जगाउने अपेक्षा राखेको छ । यस प्रतियोगितामा १६ वर्ष भन्दा माथि सबै उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन् ।

विभिन्न अडिसन मार्फत छनोट भएका प्रतिस्पर्धीहरूलाई वरिष्ठ संगीतज्ञ तथा प्रशिक्षकबाट प्रशिक्षण दिएर प्रतिस्पर्धात्मक यात्रामा सहभागी गराइने साथै, सहभागी कलाकारहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाई व्यावसायिक साङ्गीतिक यात्राका लागि अवसर र मार्ग निर्देशन समेत प्रदान गरिने आयोजकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया