२०८२ भाद्र १८ | Sep 03, 2025

गीतकार थापालाई ‘राष्ट्रिय संगीत आजीवन योगदान सम्मान : गिरीलाई रजत संगीत पत्रकारिता र पोखरेललाई दशक संगीत पत्रकारिता सम्मान (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३०
|
51 views

काठमाडौं । तेश्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा विगत पाँच दशक भन्दा लामो समयदेखि गीत लेखनका सक्रिय अग्रज गीतकार राजेन्द्र थापा २५ हजार रुपैयाँ सहित सम्मानित भएका छन् । कास्की खबरले आयोजना गरेको अवार्ड समारोहमा गीतकार थापालाई नगदसहित ‘राष्ट्रिय संगीत आजीवन योगदान सम्मान २०८२’बाट सम्मानित गरेको हो ।


सोही समारोहमा १५ हजार रुपैयाँसहित रजत संगीत पत्रकारिता सम्मान २०८२बाट पत्रकार विदुर गिरीलाई सम्मानित गरियो । यस्तै कार्यक्रममा ११ हजार १११ रुपैयाँसहित दशक संगीत पत्रकारिता सम्मानबाट पत्रकार सविता पोखरेल सम्मानित भइन ।पहिलो मुख्यमन्त्री नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य, अग्रज गायक बमबहादुर कार्की, अवार्ड संयोजक कृष्णा आचार्य, ‘रोशनी’, गीतकार एवम् पत्रकार शान्तिप्रियलगायतले कार्यक्रममा सम्मान प्रदान गरेका थिए ।

नेपाली गीत संगीतमा निरन्तर योगदान दिएको भन्दै गीतकारहरू अम्बिका गुरुङ, शीतल कादम्बिनी, कादम्बरी दाना श्रेष्ठ पनि सम्मानित भए । यस्तै सो समारोहमा गोल्डेन म्युजिक सम्मानबाट संगीतकार खेम सेन्चुरी, गायक दुर्गेश थापालाई सम्मानित गरियो । सोही समारोहमा गायक दुर्गा विरही, गायिका सन्जु न्यौपाने, फोटोग्राफर च्याङवा लामा, ग्राफिक डिजाइनर रिजन पुलामी मगर पनि सम्मानित भए ।

तेस्रो संस्करणको यो अवार्डमा आधुनिक, लोक, पप, लोक दोहोरी विधाका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, मोडललगायतलाई विभिन्न २० विधामा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री शाक्यले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

“अग्रजलाइ संम्मान अनुजलाइ प्रोत्साहन ” भन्ने मुल नारा लिएर विगत २ वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय संगीत अवार्डले अवार्डको भिडमा आफ्नो फरक पहिचान बनाउन सकेसम्म यो बर्ष बाट थप केही नयाँ गर्दै जाने र अवार्ड शब्द प्रती सबै कलाकार स्रष्टाले गर्व गर्न सक्ने वातावरण बनोस र बनाउन आफ्नो तर्फबाट सधैं सकारात्मक भुमिका रहने अवार्ड कि संयोजक किस्ना आचार्य रोशनीले बताइन ।

कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बरिस्ठ गायक बम बहादुर कार्की, प्रतिष्ठानकै सचिव लोकप्रिय गायक बैकुण्ठ महत, वरिष्ठ सङ्गीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष राधिका हमाल, बरिस्ठ पत्रकार शान्तिप्रिय, सुमन बैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, पत्रकार डब्बु क्षत्री, प्रसिद्ध गीतकार लोकराज अधिकारी, गायिका एवं सञ्चारकर्मी सरिता भारती, रश्मि थापा, वीबीटीएम फाउन्डेसनका अध्यक्ष हिसे डोमा तामाङ लगायतका चलचित्र, गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
अवार्ड बिजेताहरु
सर्बोकृष्ट राष्ट्रिय भाबको गीत , श्रीकान्त राना क्षेत्री ,सर्बोकृष्ट लोकदोहोरी गायक , बालचन्द्र बराल ,सर्बोकृष्ट लोकदोहोरी गायिका सुनिता बुढा क्षेत्री , सर्बोकृष्ट शब्द सिर्जना लोकदोहोरी , कृष्ण सुवेदी सर्बोकृष्ट लय सिर्जना लोकदोहोरी प्रेम सापकोटा “सोनु“, सर्बोकृष्ट लोकदोहोरी मोडल पुरुष बिमल अधिकारी, सर्बोकृष्ट लोकदोहोरी मोडल महिला स्मारिका ढकाल , सर्बोकृष्ट नवगायक लोकदोहोरी राजन सुवेदी , सर्बोकृष्ट गायक आधुनिक शिव परियार , सर्बोकृष्ट गायिका आधुनिक अनामिका चैलागाइ , सर्बोकृष्ट शब्द आधुनिक राखी गौचन , सर्बोकृष्ट संगीत आधुनिक शंकर थापा “स्माइल “सर्बोकृष्ट मोडल पुरुष आधुनिक श्रीदेब भट्टराई , सर्बोकृष्ट मोडल महिला आधुनिक रोशनी कार्की, सर्बोकृष्ट सांगीत संयोजन कृष्ण लामिछाने, सर्बोकृष्ट कोरियोग्राफर राजाराम सिंखडा, सर्बोकृष्ट भिडियो छायांकन सन्तोष तिमल्सिना , भिडियो सम्पादन रोशन धिताल ,जुरि, पब्लिक चोइस अवार्ड र इन्करेजमेन्ट अवार्ड बिजेताहरु
गायक शंकर क्षेत्री , उत्तम भण्डारी , दिपक ओलि , दिपक कडेल , याम प्रसाद निउरे , तुलसा क्षेत्री , संजय देबकोटा , पेम्वा लामा शेर्पा , उमेश ठगुन्ना , जगत घर्ती मगर , सुशील ज्ञवाली , सिर्जन पुन , सन्दीप सेन्चुरी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement