२०८२ भाद्र ६ | Aug 22, 2025

गीतकार लोकराज अधिकारीको नेतृत्वको नाटकको टोलिले डिजिटल सचेतना बाड्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १४

काठमाडौ । ग्लोबल मनि सप्ताहको अबसर पारेर फोन पे डिजी स्मार्ट नेपाल क्याम्पिएन अन्तर्गत नेपालका विभिन्न स्थानमा डिजिटल साक्षरता सम्बन्धी लघु नाटकका प्रदर्शनमा निस्केको कलाकारहरुको टोलि मङ्गलबार हेटौंडा पुगेको थियो । काठमाडौ, ललितपुर र चितवन पछि मंगलबार कलाकारहरु हेटौंडामा प्रदर्शनका लागि पुगेका थिए ।

मंगलबार हेटौंडामा भुटनदेवी मावि, अरनिको माविमा नाटक प्रदर्शन गरिएको थियो भने बुधबार नारायणी कलेज, तुलसी मेहर मावि, आधुनिक मावि र कृष्ण आदर्श माविमा प्रदर्शन भयो । उक्त नाटक काठमाडौ , ललितपुर र चितवनमा प्रदर्शन सम्पन्न भैसकेको छ । हेटौंडाको समापन पछि कलाकारको टोलि बिरगंज, इटहरी , बिराटनगर , लहान ,र जनकपुर पुगेर कुल २८ वटा विद्यालयमा प्रदर्शन गरिने नाटकका लेखक तथा संयोजक लोकराज अधिकारीले जानकारी दिए ।

नाटकमा अधिकारी सहित अभिनेता श्रीदेब भट्टराई , वरिष्ठ रङ्गकर्मि जेबी डिसी र नाट्यकर्मी शरद न्यौपानेको अभिनय गरेका छन् । युवा पुस्तालाई आर्थिक तथा डिजिटल ज्ञान दिने सन्देश समेटिएको नाटकको निर्देशन डिसीले गरेका हुन् । लेखक अधिकारी दुई दशक भन्दा बढी समयदेखि गिती लेखन र साहित्य अनि नाटक लेखन र अभिनयमा सक्रिय छन् । डिसी र भट्टराई लामो समयदेखि चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका लोकप्रिय कलाकार हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया