२०८२ भाद्र ६ | Aug 22, 2025

गुरुगाईले महानगर प्रहरी बलका प्रमुख पाण्डेलाई गरे ६ महिनाका लागि निलम्बन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०

ललितपुर । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

उनलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।

गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया